कांग्रेसमा चुलियो ‘गुट राजनीति’

कांग्रेसमा चुलियो ‘गुट राजनीति’

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको महासमिति बैठक नजिकिंदै जाँदा गुटगत भेला बाक्लिन थालेको छ।

पौडेल समुहले लगातार गुटगत भेला डाक्न थालेपछि आज सभापति शेरबहादुर देउवा समूहको बैठक बसेको छ । देउवा निवास बूढानीलकण्ठमा बैठक जारी छ । बैठकमा नेताहरु प्रकाशशरण महत,  बालकृष्ण खाँड, रमेश लेखक लगायतका नेताहरु उपस्थित छन्।

पौडेल र कोइराला पक्षले निरन्तर गुटगत भेला गर्न थालेपछि देउवा समुहले पनि आफ्नो रणनीति तय गर्न बैठक बसेको एक नेताले जानकारी दिए।  उता महामन्त्री शशांक कोइरालाको आव्हानमा आज पनि बैठक बोलाइको  छ । कोइरालाले बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला गुटलाई बैठकमा बोलाएका हुन् ।

यस अघि नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको निवास मण्डिखाटारमा दोश्रो पटक मंगलबार नेताहरु भेला भएका थिए । बिपक्षी नेताहरुको स्वागतमा नेतृ कोइरालाले दिवा भोजको समेत आयोजना गरेकी थिइन्  । बिहान १० बजेपछि शुरु भएको भोजमा पौडेल र कोइराला पक्षका साथै युवा नेताहरुको समेत सहभागिता थिए ।

भोजमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत लगायतका नेताहरु पुगेका थिए । युवा नेताका रुपमा संघर्ष गर्दै आएका  धनुराज गुरुङ, गगन थापा, चन्द्र भण्डारी, गुरुराज घिमिरे, रामकृष्ण यादव, प्रदीप पौडेल लगायत पनि भोजमा सामेल थिए ।

यस अघि गत कार्तिक २६ गते कोइराला निवासमा पहिलो भेला बसेको थियो। उक्त भेलामा वरिष्ठ नेता राम चन्द्र पौडेल, महामन्त्री शशांका कोइराला तथा नेताहरू प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. रामशरण महत र अर्जुननरसिंह केसी सहभागी छन् । बैठकलाई नेता कृष्ण सिटौलाको पनि समर्थन रहेको बताइएको थियो ।

अघिल्लो महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका नेता अर्जुन नरसिंह केसी यसपटक भने देउवाविरुद्ध नै सघर्ष गरिरहेका छन् । यता युवा पुस्ताका चर्चित नेता गगन थापा पनि सभापति देउवाविरुद्ध आक्रामक बनेका छन् । उनले सभापति विरुद्ध २५ कार्तिकमा सार्वजनिक कार्यक्रमवाट नै मुख खोलेर आक्रामक बनेको संदेश समेत दिएका थिए ।

त्यसो त यता युवा नेताहरुले पनि दुई पटक भेला नै डाकेर छलफल चलाइसकेका छन् । पुरानो बानेश्वरस्थित सिद्धार्थ कटेजमा बसेको बैठकमा केन्द्रीय सदस्य चन्द्र भण्डारीसहित नेताहरु धनराज गुरुङ, बद्री पाण्डे, गुरुराज घिमिरे, गगन थापा, जीवन परियार सहभागि थिए । युवा नेताहरुले बिशेषतः पार्टीमा ७० वर्षे हदबन्दीको लबिङ सुरु गरेका छन् । स्मरण होस् अघिल्लो बर्षको चैत र गत वैशाखमा बसेको केन्द्रीय कार्य समितिको बैठकमा युवा नेताहरुले छुट्टै प्रस्ताव पेस गरेका थिए। त्यस्तै गत असारमा हेटौंडामा बसेको जिल्ला सभापतिहरुको भेलामा पनि युवा नेताहरुको छुट्टै प्रस्ताव प्रस्तुत भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलिबाट सुरु हुँदैछ  । बैठकमा विधान मस्यौदामाथि छलफल हुनेछ। कांग्रेस महासमिति बैठक भने आगामी मंसिर २८ गतेका लागि बोलाइएको छ ।

सभापति देउवाविरुद्ध दुई शक्तिको दरिलो संघर्ष

सुजाताको घरमा ‘लञ्च मिटिङ’, सिटौलाको समर्थन

 

सुजाता निवासमा देउवा बिरोधीहरुको ‘दिवा भोज’

 

Skip This
Skip This
Logo