वाइडबडी विमान खरिद प्रकरणको अनुगमन कार्यालयले अध्ययन गर्ने

वाइडबडी विमान खरिद प्रकरणको अनुगमन कार्यालयले अध्ययन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले गरेको वाइडबडी खरिदका विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई अध्ययन गर्न निर्देशन दिएको छ ।

समितिको मंगलबार बसेको बैठकले विमान खरिद प्रक्रिया र अनियमितता भए नभएको अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन भनेको हो ।

समितिले मंगलबारको बैठकमा कार्यालयका सचिव मधुप्रसाद रेग्मी र निर्देशक रामचन्द्र शर्मालाई बोलाएको थियो । त्यसक्रममा सांसदहरुले विमान खरिद प्रकरणमा कार्यालयको राय मागेका थिए ।

यसअघि गत आइतबार बसेको लेखा समिति बैठकमा सभापति भरत शाहले वाइडबडी खरिद गर्दा साढे ६ अर्ब घोटाला भएको दाबी गरेका थिए ।

Skip This
Skip This
Logo