२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि बन्द गरिएको गोरखाको मनकामना मन्दिर आजबाट दर्शनार्थीको लागि खुला गरिएको छ।
मन्दिर दक्षिण पश्चिम ढल्किएर जीर्ण बन्दै गएपछि पुनर्निर्माणका लागि प्रवेशमा रोक लगाइएको थियो। मन्दिरको करिब १५ करोड रुपैयाँ लागतमा पुनर्निर्माण गरिएको व्यवस्थापन समितिका अध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिए। मन्दिरमा तामाको छानामाथि सुनको जलप लगाइएको छ। मन्दिरको छानामा करिब नौ करोड रुपैयाँ बराबरको सुनको जलप लगाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।
उनले मन्द्रिरको पुरै निर्माण नसकिए पनि दर्शनार्थीको गुनासो बढेपछि आजबाट दर्शनको लागि खुल्ला गरिएको हो बताए। मन्दिरमा दैनिक ५ हजारदेखि ७ हजारसम्म दर्शनार्थी पुग्छन ।































प्रतिक्रिया