ओली र देउवासँग बस्नुअघि प्रचण्डले भेटे राष्ट्रपतिलाई

ओली र देउवासँग बस्नुअघि प्रचण्डले भेटे राष्ट्रपतिलाई

केन्द्रबिन्दु
165
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन् ।

सोमबार चितवनबाट काठमाडौं फर्केलगत्तै अध्यक्ष प्रचण्ड राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् । भेटवार्तामा केके छलफल भयो त्यो खुलाइएको छैन ।

आजै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन दलका शीर्ष नेता छलफलमा जुट्ने भएका छन् । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डबीच छलफल तय गरिएको हाे ।

Logo