काठमाडौंमा नम्बर नखुलेको सवारीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौंमा नम्बर नखुलेको सवारीको ठक्करबाट एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंको टेकु पुल नजिकै नम्बर नखुलेको सवारीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कनक पेट्रोल पम्प अगाडि नम्बर नखुलेको सवारी साधनको ठक्करबाट कञ्चनपुर घर भई हाल कीर्तिपुर बस्ने १९ वर्षका जीवन सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान ४ बजेतिर समयमा ठक्कर दिएको हो । सिंहलाई उपचारका लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनापछि सवारी साधनसहित फरार रहेको चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo