काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको हो । बैठकमा गृहमन्त्री रमेश लेखक, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेललगायत सहभागी छन् ।
यो भेटमा विशेषगरी राजावादीहरुको पछिल्लो गतिविधि, बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तिलगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।





























प्रतिक्रिया