लक्ष्मी ल्युब आयलद्वारा च्यानल पार्टनर्स मिट २०२५ सम्पन्न

लक्ष्मी ल्युब आयलद्वारा च्यानल पार्टनर्स मिट २०२५ सम्पन्न

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । टोटल इनर्जिजको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्युब आयल प्रालिले आफ्नो च्यानल पार्टनर्स मिट २०२५ सम्पन्न गरेको छ ।

टोटल इनर्जिज इण्डियाका प्रमुख कार्यकारी अधिकृत विकेन नजारियनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका वरिष्ठ प्रबन्धक (निर्यात) पर्बिन कुमार, लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कार्यकारी निर्देशक निराकार श्रेष्ठ, निर्देशकहरु अनुकूल श्रेष्ठ, सुलभ श्रेष्ठ, अनुभव श्रेष्ठ र सेल्स हेड सुबोध थापा लगायतको उपस्थिति रहेको थियो ।

नेपालमा टोटल इनर्जिज ब्रान्डको विकासका लागि नयाँ योजना, रणनीति र प्रगतिका बारेमा जानकारी गराउँदै डिलर र रिटेलरहरुसँगको सम्वन्धलाई सुदृढ बनाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको थियो । कम्पनीका अनुसार, देशभरका २०० भन्दा बढी डिलर र रेटलरहरु सहभागी उक्त कार्यक्रम लक्ष्मी ल्युब आयलको हालसम्मकै सबैभन्दा ठूलो डिलर कार्यक्रम हो ।

कार्यक्रमको शुभारम्भ गर्दै लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले नेपाली लुब्रिकेन्ट बजारमा चुनौती र अवसर दुवै भएको बताए ।

टोटल इनर्जिज मार्केटिङ इण्डियाका प्रमुख कार्यकारी अधिकृत विकेन नजारियनले टोटल इनर्जिजलाई विश्वको चौथो ठूलो लुब्रिकेन्ट कम्पनी बनाउने प्रमुख आधारबारे जानकारी गराए । साथै उनले कम्पनीको नविनता, गुणस्तर र पर्यावरणिय उत्तरदायित्वप्रतिको अटल प्रतिबद्धताको चर्चा गर्दै अत्याधुनिक प्रविधि र दिगो प्रयोगको माध्यमबाट उत्कृष्ट उत्पादनहरु प्रदान गरिरहेकोबारे प्रकाश पारे ।

यसैगरी, पर्बिन कुमार र सुबोध थापाले २०२४ मा भएका विविध गतिविधि तथा नेपालमा बजार विस्तारको योजना र रणनीतिका बारेमा प्रस्तुति दिए । उनीहरुले टोटल इनर्जिज लुब्रिकेन्ट्सको बृद्धिमा डिलरहरुको साथ र समर्थनको महत्वलाई जोड दिए ।

कार्यक्रममा २०२४ मा उत्कृष्ट प्रदर्शन गर्ने साझेदारहरुलाई सम्मान गरिएको थियो ।

Skip This
Skip This
Logo