बेइजिङ

दक्षिणपश्चिमी चीनको एक शहरमा एउटा कारले ठक्कर दिँदा बाटोमा हिँडिरहेका कम्तीमा पनि सातजना बटुवाको मृत्यु भएको छ । "/>

कारको ठक्करबाट सात जना पैदलयात्रीको घटनास्थलमै मृत्यु

कारको ठक्करबाट सात जना पैदलयात्रीको घटनास्थलमै मृत्यु

केन्द्रबिन्दु
0
Shares

बेइजिङ

दक्षिणपश्चिमी चीनको एक शहरमा एउटा कारले ठक्कर दिँदा बाटोमा हिँडिरहेका कम्तीमा पनि सातजना बटुवाको मृत्यु भएको छ ।

दक्षिणपश्चिमी चीनको लेसान शहरमा मंगलबार बिहान सो दुर्घटना भएको हो । सडकमा गुडिरहेको कार अकस्मात सडक किनाराबाट आफ्नो बाटो हिँडिरहेका नागरिकलाई ठक्कर दिन पुगेको थियो ।

कार अकस्मात बटुवाको भिडतर्फ लागेपछि यसले ठक्कर दिइ सातजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । दुर्घटनामा परी अरु चार जना पनि गम्भिर घाइते भएका छन् । उनीहरुलाई नजिकैको अस्पताल पुर्याइएको छ ।

एउटा कारले बाटो काटिरहेका बालबालिकालाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको घटनाको केही दिनपछि यो अर्को दुःखद घटना भएको चिनियाँ प्रहरीले जानकारी दिएको छ ।

मंगलबार बिहान दुर्घटना गराउने कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । सो दुर्घटनाको कारण के हो भन्ने बारेमा केही बताइएको छैन ।
रासस/एएफपी

Skip This
Skip This
Logo