विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्त, शाक्यको पुनरागमन

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्त, शाक्यको पुनरागमन

केन्द्रबिन्दु
246
Shares

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट बर्खास्त गरेको हो ।
सरकारले घिसिङलाई पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो । यसअघि गत फागुन २५ गते घिसिङले आफूलाई पदबाट हटाउनु पर्ने गरी एउटै काम नगरेको भन्दै मन्त्रालयमा सफाई पेश गरेका थिए । त्यसपछि उर्जा मन्त्रालयको प्रस्तावमा उनी बर्खास्त भएका हुन् ।
उनको स्थानमा हितेन्द्रदेव शाक्य आएका छन् । शाक्य यसअघि पनि २०७७ माघमा प्राधिकरणको कार्यकारी निर्देशक भएका थिए । तत्कालीन ओली सरकारले उनलाई मन्त्रालय तानेर कुलमानलाई ल्याएको थियो ।

Skip This
Skip This
Logo