काठमाडौँमा फेरि जोर बिजोर प्रणाली, कुन दिन कुन सवारी ?

काठमाडौँमा फेरि जोर बिजोर प्रणाली, कुन दिन कुन सवारी ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा फेरि जोर विजोर प्रणाली अनुसार सवारीसाधन चलाउनु पर्ने भएको छ। आगामी बिहिबारदेखि आइतबारसम्म जोर बिजोर प्रणालीबाट सवारी चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको हो।  

शुक्रबारदेखि सोमबारसम्म हुने एसिया प्यासिफिक समिट क्रममा सवारी जाम नहोस् भनेर जोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अब जोर गते मंसिर १३ र १५ गते नम्बर प्लेटको अन्तिम अंक विजोर भएका गाडीमात्रै चल्न पाउनेछन् भने मंसिर १४ गते १६ गते जोर अंक भएका गाडी मात्रै चल्न पाउनेछन् ।

अत्यवश्यक सेवा र शैक्षिक सस्थाका सवारीसाधनलाई भने छुट दिने जनाएको छ। 

Skip This
Skip This
Logo