देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । "/>

श्रमिकलाई पेन्सनदेखि बहुप्रतिक्षित तामाकोशीको आइपीओसम्म

श्रमिकलाई पेन्सनदेखि बहुप्रतिक्षित तामाकोशीको आइपीओसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

 

सामाजिक सुरक्षा योजना लागु, अब सबै श्रमिकले पेन्सन पाउने

 

सरकारले लाखौ श्रमिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको छ । उक्त योजना प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा शुभारम्भ गरेका हुन् । योजना लागू भएसँगै श्रमिकले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना, अशक्त सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनानुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने छन् । उक्त योजनाबमोजिम लामो समय योगदान गरेका श्रमिकले आजदेखि ‘रित्तो हात’ घर फर्कनुपर्ने अवस्था अन्त्य भएको छ भने निश्चित अवधि सेवा गरेपछि उनीहरूले निवृत्तिभरण (पेन्सन) समेत पाउने वातावरण पनि बनेको छ ।

 

‘सरकार कहाँ छ ?’ भन्नेहरुलाई देखाउन तामझाम गरेका हौ- प्रधानमन्त्री

 

अपर तामाकोशीको आइपीओ बाँडफाँड, १ लाख ७२ हजारले पाए ५० कित्ता

 

अपर तामाकोशी जलविद्युत आयोजनाको आईपिओ आज मंगलबार बाँडफांड भएको छ । बिक्रि प्रबन्धक नागरिक लगानी कोष बबरमहलको क्रिष्टल प्यालेसमा शेयर बाँडफांड गरेको हो । कुल ३ लाख ३९ हजार ७ सय ७५ आवेदकले आवेदन दिएकोमा ५ हजर ७ सय आवेदन रद्द भएको जनाएको छ । कुल ३ लाख ३४ हजार ७५ जनाले शेयर पाएका छन् । जस मध्ये १ लाख ७२ हजार ७ सय ७५ जनाले ५० कित्ता शेयर पाएका छन् । बाँकि १ लाख ६१ हजार ३ सय जनाले ४० कित्ता शेयर मात्र पाएका छन् । 

 

सुजाता निवासमा देउवा बिरोधीहरुको ‘दिवा भोज’

 

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको निवास मण्डिखाटारमा दोश्रो पटक सभापति शेरबहादुर देउवाबिरोधी नेताहरु भेला भएका छन् । महासमिति बैठक नजिकिदै गर्दा सभापति देउवाको बिपक्षी नेताहरुको भेला बाक्लिएको हो । 

 

निर्मलाका बाबुलाई कस्तो छ ? डाक्टर भन्छन्, स्वास्थ्यमा धेरै सुधार आईसक्यो !

 

मानसिक समस्यापछि अस्पताल भर्ना भएका निर्मला पन्तका बाबुको स्वास्थ्यमा सुधार आएको छ । छोरीको न्यायको लागि अनिश्चितकालिन धर्नामा बसेका बेला यज्ञराज पन्तलाई मानसिक समस्या देखिएको थियो । उनी बेला बेला कराउने, जो देख्यो त्यसैलाई झम्टिने, गालीगलौज गर्ने जस्ता कार्य गर्न थालेपछि कञ्चनपुरबाट ल्याएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । उनमा तनावका कारण लाग्ने मनोवैज्ञानिक समस्या देखा परेको चिकित्सकहरुले बताएका छन् । उनीहरुको भाषामा यसलाई ‘एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिसअर्डर’ भन्छिन् ।

 

अस्थायी शिक्षकको धेरै विषयको नतिजा निल (विस्तृत विवरणसहित)

 

शिक्षक सेवा आयोगले सोमबारबाट अस्थायी शिक्षक परीक्षाको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । पहिलो चरणमा निमावि तह अन्तर्गत सबै क्षेत्रको गणित र विज्ञान तथा पूर्वाञ्चल र मध्यमाञ्चलको गणितको नतिजा सार्वजनिक गरिएको थियो । कतिपय विषयको नतिजा भने शुन्य देखिएको छ । विज्ञापन भएको पदमा आवश्यकता अनुसार परीक्षामै सहभागी नभएको र भए पनि अन्तरबार्ताका लागि छनौट हुन नसकेको नतिजा सार्वजनिक भएको हो ।

 

निर्मला हत्या प्रकरणमा ऐक्यवद्धता जनाउन डा. गोविन्द केसी कञ्चनपुर पुगे

 

 

नेविसंघको महाधिवेशन पुस २८ देखि

 

 

काठमाडौँमा चोक चोकमा बत्ती बाल्न र चार्ज गर्न मिल्ने स्मार्ट डस्टबिन

 

रोबोर्टसहितको यान मंगलग्रहमा अवतरण (भिडियो)

 

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Skip This
Skip This
Logo