प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले काम गरिरहेको देखाउनका लागि तामझामका साथ सामाजिक सुरक्षा योजना सार्वजनिक गरेको बताएका छन्। "/>

‘सरकार कहाँ छ ?’ भन्नेहरुलाई देखाउन तामझाम गरेका हौ- प्रधानमन्त्री

‘सरकार कहाँ छ ?’ भन्नेहरुलाई देखाउन तामझाम गरेका हौ- प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले काम गरिरहेको देखाउनका लागि तामझामका साथ सामाजिक सुरक्षा योजना सार्वजनिक गरेको बताएका छन्। ‘सामाजिक सुरक्षा योजना’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने- ”यो तामझाम किन भनेर पनि सोधिरहेका छन्, यो तामझाम सरकार देखिएन भन्नेहरुलाई देखाउन र सुनिन भन्नेहरुलाई सुनाउनका लागि पनि हो ।” 

प्रधानमन्त्री ओलीले अबको केही दिनभित्र जता फर्कियो त्यतै सरकार देखिने समेत बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने- ‘हामी जनताका लागि काम गरिरहेका छौँ, अब केही दिनमै जता फर्कियो त्यतै सरकार देखिनेवाला छ, प्रश्न सोध्नेले उत्तर आफैँ पाउनेछन् ।’

अब केही दिनमै मेलम्चीको पानी काठमाडौँ आउँने बताउदै ओलीले काठमाडौँबाट धुवा धुलो हटाइ चिल्ला पारिने समेत बताए।

Logo