काठमाडौं । साविकको विश्व विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ।
अर्जेन्टिनाले आज आफ्नै मैदानमा भएको खेलमा ब्राजिलमाथि ४-१ को सानदार जित दर्ता गर्दै विश्वकपमा स्थान बनाउन सफल भएको हो । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने आगामी विश्वकपमा ४८ टिमले सहभागिता जनाउने छन्। दक्षिण अमेरिकाबाट ६ टिमले सिधैं आफ्नो स्थान सुनिश्चित गर्नेछन्। जसमा अर्जेन्टिना दक्षिणी अमेरिकाबाट छनोट हुने पहिलो टोली बनेको हो ।
अंक तालिकामा शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले १४ खेलमा ३१ अंक जोडिसकेको छ । यता ब्राजिल २१ अंकका साथ चौथो स्थानमा छ ।
आज भएको खेलमा अर्जेन्टिनाको सनसनी प्रदर्शनमा जुलियन अल्भारेज, एञ्जो फर्नाण्डेज, एलिक्सेस म्याक एलिस्टर र सिमोनले एकएक गोल गरे । यता ब्राजिलका लागि म्याथुस कुन्हाले एक गोल फर्काए ।































प्रतिक्रिया