चौतारी लघुवित्त वित्तीय संस्थाले मंसिर १९ गतेबाट साधारण शेयर जारी गर्ने भएको छ। कम्पनीले ६ लाख कित्ता शेयर जारी गर्न लागेको हो।
कम्पनीले ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता कर्मचारीहरुको लागि, तीस हजार कित्ता सामुहिक लगानी कोषहरुलार्इ र ५ लाख ६० हजार ७०० कित्ता सर्बसाधारणलाई जारी गर्ने छ। संस्थाले छिटोमा मंसिर २३ गते र ढिलोमा पुष १९ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआर्इविएल एस क्यापिटलले जनाएको छ।
सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ३ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्थाहरु वा मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सक्ने छन् ।































प्रतिक्रिया