काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माको पहलमा काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालले सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सहभागी बिरामीहरूलाई विशेष उपचार सेवा प्रदान गरेको छ।
उक्त शिविरमा ८८ जना गम्भीर अवस्थाका बिरामीहरूलाई थप शल्यक्रिया र उपचारका लागि काठमाडौं मेडिकल कलेजमा रिफर गरिएको थियो। आजबाट उनीहरुको थप उपचार सुरु भएको हो ।
डा. शर्माको नेतृत्वमा काठमाडौं मेडिकल कलेजले ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन निरन्तर निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेको छ।
यस सेवाले स्वास्थ्य सुविधाबाट बञ्चित गरिब तथा दुर्गम भेगका जनतालाई जीवनरक्षक उपचार प्राप्त गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमका विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै लाखौं गरिब तथा विपन्न नागरिकहरूलाई सेवा प्रदान गर्दै आएका छन् । स्वास्थ्य शिविरमा सम्भव नभएका गम्भीर बिरामीहरूको लागि उनले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएका छन् ।

उनले नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि, जुनसुकै पार्टीका भए पनि, निःशुल्क क्याबिनको व्यवस्था गरेका छन् । साथै, काठमाडौं मेडिकल कलेजमा पनि आर्थिक रूपमा कमजोर बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था गर्दै आएका छन् ।
सांसद शर्मा प्रतिनिधिसभाको तलब भत्ता नलिने एक मात्र सांसद हुन्।































प्रतिक्रिया