आज पनि बढ्यो सुनचाँदीको मूल्य

आज पनि बढ्यो सुनचाँदीको मूल्य

केन्द्रबिन्दु
156
Shares

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोलामा १३ सय रुपैयाँले बढेर एक लाख ७४ हजार ८ सय रुपैयाँ कायम भएको हो । यसअघि बुधबार प्रतितोलामा एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलाको एक हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर तोलामा दुई हजार २० रुपैयाँ भएको महासंघको भनाइ छ ।

Skip This
Skip This
Logo