पोखरा

पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी जहाज किनेरै ल्याइएको बताएका छन् । "/>

वाइडबडी जहाज किनेरै ल्याइएको हो, भाडाको होइन : मन्त्री अधिकारी

वाइडबडी जहाज किनेरै ल्याइएको हो, भाडाको होइन : मन्त्री अधिकारी

केन्द्रबिन्दु
0
Shares

पोखरा

पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी जहाज किनेरै ल्याइएको बताएका छन् । ‘अहिले सम्मका कागज हेर्दा खरिद गरेरै ल्याएको देखिन्छ’, उनले गृहनगर पोखरामा सोमबार संवाददाताहरूसँग भने, ‘खरिद प्रक्रियामा गल्ती भेटिए, जो जहाँ दोषी देखिन्छ, त्यो कारबाहीको भागीदार हुन्छ ।’

सरकार जमानत बसेरै जहाज खरिद प्रक्रिया अघि बढेको बताउँदै उनले २५ करोड रुपैयाँ भन्सार तिरेर जहाज आएको सहितका प्रक्रिया हेर्दा भाडामा नभई खरिदै भएको विश्वास व्यक्त गरे ।

‘मलाई भाडामा ल्याएको जस्तो त लाग्दैन भनेर एउटा टेलिभिजनमा पनि भनेको थिएँ । खरिद गरेर ल्याइसकेको भन्सार बुझेको छ, २५ करोड जति भन्सार ल्याएको छ, अर्थ मन्त्रालयले त्यस अनुसार पैसा दिएको छ । सञ्चय कोष र नागरिक लगानी कोषले त्यस अनुसार पैसा लगाएको छ’, उनले भने, ‘यति भएपछि बुझ्न सकिन्छ त्यतिकै पैसा पठाएको छैन । सबै कुरा हेर्दा जहाज भाडामा हो भन्ने देखिँदै देखिँदैन । अहिलेसम्म भाडाको भन्ने कहीँबाट पनि पुष्टि हुन्न ।’

किनेर ल्याएको भनेर नागरिक उड्डयन प्राधिकरणले उडाउने सर्टिफार्इ गरेरै अन्तर्राष्ट्रिय उडान गरिरहँदा अरू कसैले मेरो हो भनेर दाबी नगरेको पनि उनले सुनाए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo