जनकपुरधाम

देश संघीय प्रणालीमा गएपछि प्रदेशबाट पहिलो पटक प्रहरी भर्ना प्रक्रिया सुरु भएको छ । "/>

प्रहरी भर्ना प्रक्रिया शुरु, १ हजार ६६१ को आवेदन : प्रदेश २

प्रहरी भर्ना प्रक्रिया शुरु, १ हजार ६६१ को आवेदन : प्रदेश २

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम

देश संघीय प्रणालीमा गएपछि प्रदेशबाट पहिलो पटक प्रहरी भर्ना प्रक्रिया सुरु भएको छ । नेपाल प्रहरी अन्तर्गत प्रहरी सहायक निरीक्षक पदमा रिक्त पदपूर्तिका लागि असोज १५ गते आह्वान गरिएको विज्ञापन अनुसार प्रदेश २ मा निर्धारित अवधिभरमा १६६१ जनाले दरखास्त दिएका छन् ।

दरखास्त दिनेमा ५९ जना महिला र बाँकी पुरुष छन् । उनीहरुको विभिन्न चरणको परीक्षा सोमबार देखि प्रदेश २ को संघीय प्रहरी ईकाई कार्यालय जनकपुरमा सुरु भएको हो । प्रतिस्पर्धीहरुको चापलाई हेर्दै प्रत्येक दिन २ सयको दरले मंसिर १९ गतेसम्म परीक्षण कार्यक्रम सञ्चालन हुने ईकाई कार्यालय जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द आचार्यले बताएका छन् ।

तीन चरणमा हुने परीक्षणमा सर्वप्रथम प्रारम्भिक स्वास्थ्य परीक्षण, दोस्रो चरणमा शारीरिक तन्दुरुस्ती परीक्षा र तेस्रो चरणमा विस्तृत स्वास्थ्य परीक्षण परीक्षा हुने आचार्यले बताए ।

प्रहरी भर्ना तथा बढुवामा लोकसेवा आयोगको सिद्धान्त २०६९ को दफा १० बमोजिम २० वटा बुँदाहरु रहेर परीक्षाहरु लिने निर्धारण गरिएको छ । प्रदेशस्तरमा प्रदेशका प्रहरी प्रमुखको नेतृत्वमा पाँच सदस्यीय प्रदेश प्रहरी पदपूर्ति उपसमिति गठन गरिएको छ ।

सो उपसमितिमा डिआईजीसहित केन्द्रीय प्रहरी प्रधान कार्यालयका एक प्रतिनीधि, लोकसेवा आयोगका एकजना प्रतिनीधि, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रतिनिधि रह्ने व्यवस्था रहेको छ । प्रदेश २ मा यस परीक्षालाई व्यवस्थित गर्न ८० जना प्रहरी कर्मचारी खटिएका हुन् ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo