काठमाडौं । गत असारमा लिईएको अस्थायी शिक्षक परीक्षाको नतिजा प्रकाशन गर्न थालिएको छ । शिक्षक सेवा आयोगले पहिलो दिन सोमबार निमावि तह अन्तर्गत सबै क्षेत्रको गणित र विज्ञान तथा पूर्वाञ्चल र मध्यमाञ्चलको गणितको नतिजा सार्वजनिक गरेको हो । "/>

अस्थायी शिक्षकको नतिजा प्रकाशन (नतिजासहित)

अस्थायी शिक्षकको नतिजा प्रकाशन (नतिजासहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गत असारमा लिईएको अस्थायी शिक्षक परीक्षाको नतिजा प्रकाशन गर्न थालिएको छ । शिक्षक सेवा आयोगले पहिलो दिन सोमबार निमावि तह अन्तर्गत सबै क्षेत्रको गणित र विज्ञान तथा पूर्वाञ्चल र मध्यमाञ्चलको गणितको नतिजा सार्वजनिक गरेको हो ।

अब क्रमैसँग नतिजा सार्वजनिक गर्दै जाने आयोगको योजना रहेको आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए । नतिजा सार्वजनिक भएसँगै आयोगले पुस ११ गतेका लागि अन्र्तवार्ताको मिति पनि तय गरेको छ । नतिजामा चित्त नबुझेमा मंसिर १९ गते सम्म पुर्नयोगको आवेदन भर्न सकिनेछ ।

अस्थायी शिक्षकको निम्नमाध्यमिक तहको पुर्वाञ्चल क्षेत्रको गणित विषयको नतिजा

अस्थायी शिक्षकको निम्नमाध्यमिक तहको सवै क्षेत्रको गणित विज्ञान विषयको नतिजा

 अस्थायी शिक्षकको निम्न माध्यमिक तहको मध्यमाञ्चल क्षेत्रको गणित विषयको नतिजा

कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको तिनै तहमा गरी २३ हजार २ सय ८६ आवेदन परेको थियो । तर परीक्षामा २२ हजार २ सय ३५ जना सहभागी भएका थिए ।

जसमा प्राविका लागि आवश्यक १६ हजार ५ सय ३२ पदका लागि १५ हजार ६ सय ९० जना मात्रै परीक्षामा सहभागी भएका थिए । निमाविका लागि आवश्यक ३ हजार २ सय ३४ पदका लागि ३ हजार ५ सय ७५ जनाले प्रतिस्पर्धा गरेका छन् । यस्तै २ हजार ३ सय १० पद रहेको मावि तहमा २ हजार ९ सय ७० जनाले प्रतिस्पर्धा गरेका छन् ।

Skip This
Skip This
Logo