सांसद डा. सुनिल शर्माको विशेष पहलः काठमाडौंमा आन्दोलनका क्रममा घाइते भएकाहरूको केएमसीमा निःशुल्क उपचार

सांसद डा. सुनिल शर्माको विशेष पहलः काठमाडौंमा आन्दोलनका क्रममा घाइते भएकाहरूको केएमसीमा निःशुल्क उपचार

केन्द्रबिन्दु
801
Shares

काठमाडौं । राजधानीका विभिन्न स्थानहरूमा भएको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी)ले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ।

मेडिकल कलेज प्रशासनका अनुसार, आन्दोलनका क्रममा घाइते भएकाहरूलाई आवश्यक सम्पूर्ण उपचार निःशुल्क प्रदान गरिनेछ। अस्पताल प्रशासन प्रमुख नारायण प्रसाद दाहाल ले एक प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरूलाई तुरुन्तै अस्पतालमा सम्पर्क गर्न आग्रह गरेका छन्।

“आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको छ। सम्बन्धित व्यक्तिहरूले तुरुन्त सम्पर्क गर्न सक्नुहुन्छ,” अस्पताल प्रशासनले जनाएको छ।

यो निःशुल्क उपचार सेवा नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माको विशेष पहलमा सम्भव भएको हो । समाजसेवामा समर्पित सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म हजारौं नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्।

Skip This
Skip This
Logo