तीनकुनेमा म्याद सकिएको अश्रुग्यास प्रहार

तीनकुनेमा म्याद सकिएको अश्रुग्यास प्रहार

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । आज तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा प्रहरीले म्याद सकिएको अश्रुग्यास प्रहार गरेको पाइएको छ ।

प्रहरीले प्रहार गरेको अश्रुग्यासमा सन् २०१३ मा बनेकाे र ५ वर्ष मात्र म्याद भएको लेखिएको छ । अश्रुग्यासमा लेखिएको मितिअनुसार हिसाब गर्दा उक्त अश्रुग्यासको मिति सकिएको १२ वर्ष भइसकेको छ । तर, उक्त कुराको ख्याल नगरी प्रहरीले म्याद सकिएको अश्रुग्यास प्रयोग गरेको हो ।

साधारण अश्रुग्यासले छाला साथै आँखामा क्षणिक जलन र स्वासप्रस्वासमा क्षणिक समस्या ल्याउँछ । तर, म्याद सकिएपछि अश्रुग्यासको रासायनिक संरचना बिग्रिँदा विषाक्त पर्दाथमा परिणत भइसकेको हुन्छ, जसले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छ । यसले श्वासप्रश्वाससम्बन्धी दिर्ग रोग, छालामा जलन, आँखामा गम्भीर जलन तथा एलर्जी उत्पन्न गराउन सक्छ।

प्रदर्शनको सुरुमै राजावादीको प्रदर्शनकारीका मुख्य कमान्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईले सुरक्षामा खटेका प्रहरीलाई धक्का दिँदै निषेधित क्षेत्रमा गाडी छिराउन खोजेपछि तीनकुने क्षेत्र तनावग्रस्त बनेको थियो । त्यसपछि राजावादी प्रदर्शनले हिंसात्मक रुप लिँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठीचार्ज, पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको थियो। झडपमा केही प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका छन्। झडपकै क्रममा प्रहरीले गोली पनि प्रहार गरेको थियो जसले एक प्रदर्शनकारी घाइते समेत भएका छन् । उनलाई तीनकुनेस्थित कान्तिपुर अस्पताल लगिएको थियो तर अवस्था गम्भीर भएपछि सामान्य उपचार गरेर विर अस्पताल पठाइएकाे छ ।

हाल काठमाडौं नगरपालिकाले तीनकुने आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । नगरपालिकाले एक पत्र सार्वजनिक गर्दै कर्फ्युको आदेश जारी गरेको हो । उक्त आदेशमा शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म तोकिएको स्थानमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ आदि गर्न नपाइने सूचनामा उल्लेख छ । यस्तै आवतजावत पनि गर्न नपाइने सूचनामा उल्लेख छ ।

कर्फ्यु गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म लगाइएको प्रशासनले जनाएको छ ।

Skip This
Skip This
Logo