काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश स्थगन गरेको छ। काठमाडौँ प्रशासनले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौँको तीनकुने र त्यस आसपासको क्षेत्रमा लगाइएको कर्फ्यु आदेश स्थगन भएको जानकारी दिएको थियो।
रातिसम्म पनि अवस्था सामान्य नभएपछि शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश आज (शनिबार) बिहान ७ बजेसम्मका लागि थपिएको थियो ।
शुक्रबार हिंसात्मक आन्दोलनमा उत्रिएका राजावादीहरूले कर्फ्यु जारी भइसकेपछि पनि काठमाडौंका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका थिए ।































प्रतिक्रिया