काठमाडौं महानगरले पूर्वराजा शाहलाई तोक्यो झण्डै ८ लाख जरिवाना

काठमाडौं महानगरले पूर्वराजा शाहलाई तोक्यो झण्डै ८ लाख जरिवाना

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । शुक्रबार तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनले निम्त्याएको तोडफोडमा काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको छ। प्रदर्शनकारीहरूले महानगरका विभिन्न संरचना, दमकल, अग्नि नियन्त्रकहरूमाथि प्रहार गरेकोमा महानगरले पूर्वराजा शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना लगाउने निर्णय गरेको हो।

ज्ञानेन्द्र शाह, निर्मल निवास काठमाडौंका नाममा महानगरका ८ जना नगर प्रहरीले विभिन्न शीर्षकमा ८ वटा बेग्लाबेल्लै पत्र काटेका हुन्, जसअनुसार ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

हेर्नुहोस्, जरिवाना तोकिएको पत्र-

Logo