चीनको एक निजी बैंकको यो अनौठो क्रियाकलाप सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो । बैंकले अफ्नो एक महिला कर्मचारीलाई एबर्सन गर्न वा जरिवाना भर्ने फारम दिएको छ । महिलाको गल्ति यो थियो कि उनले गर्भवती बन्नु पूर्व आफ्नो म्यानेजरसँग अनुमति लिएकी थिइनन् ।
के छ बैंकको अनौठो नियम ?
घटना शिजियाजुआंग प्रान्तको एक बैंकको हो । बैंकको नियमअनुशार, महिला कर्मचारी म्यानेजरसँग अनुमति मिलेपछि मात्र गर्भवती बन्न सक्छन् । बैंकले आफ्नो सबै महिला कर्मचारीहरुसँग अनुमति लिएपछि मात्र सहमती गर्ने बताएको छ । तर यदि कोही महिलाले यसो नगरेमा उसले एबर्सन वा जरिवानामध्ये एउटा रोज्नुपर्ने हुन्छ ।
महिलाको उजुरीमा भएको कार्यः
घटना अक्टोबर महिनाको हो । महिलाले शिजिया जुआंगएप्लाई सर्भिस सेन्टरमा उजुरी खोजी मद्दत मागेकी छिन् । उनी बिना अनुमति गर्भवती भएकी थिइन्, त्यसपछि अब बैंकले उसलाई एबर्सन वा जरिवाना कुनै एक रोज्न लगाएको बताएकी छिन् ।
उनको अनुसार यस्तो कार्य पहिले बैंकको धेरै महिलाहरुलाई पनि भईसकेको छ । महिलाको उजुरी पाएपछि शिजिया जुआंगएप्लाई सर्भिस सेन्टरले बैंकसँग मिटिङ गरेर आफ्नो अजीब प्रेग्नेन्सी पोलिसी तुरुन्त अन्त्य गर्न बताएको छ ।
सामाजिक सञ्जालमा बैंकको आलोचनाः
चीनको यो अजीबउर्दी सामाजिक सञ्जालमा पनि चर्चामा रहेको बताइएको छ । यो उर्दीको कारण बैंकको मानिसहरु पनि आलोचनाको शिकार भएका छन् ।































प्रतिक्रिया