मेसीको गोलमा इन्टर मियामीको जित

मेसीको गोलमा इन्टर मियामीको जित

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । अर्जेन्टिनी विश्व विजेता लियोनेल मेसीको गोलमा एमएलएसमा इन्टर मियामीले रोमाञ्चक जित हासिल गरेको छ । आज बिहान भएको खेलमा मियामीले फिलाडेल्फिया युनियनलाई २-१ ले स्तब्ध पारेको हो ।

खेलको सुरुवातमै मियामीले अग्रता लिएको थियो । रोबर्ट टेलरले खेलको २२औं मिनेटमा गोल गरेका थिए । ५५औं मिनेटमा मैदानमा छिरेका मेसीले २ मिनेटमै गोल गर्न सफल भए । लुइस सुवारेजको पासमा उनले गरेको गोल निकै उत्कृष्ट थियो ।

८०औं मिनेटमा ड्यानियल गाजडागले फिलाडेल्फियाका लागि एक गोल फर्काए । तर पछि थप गोल हुन नसक्दा मियामीले जित हात पार्न सफल भयो ।

यस जितसँगै इन्टर मियामी एमएलएसको शीर्ष स्थानमा उक्लिएको छ।

Skip This
Skip This
Logo