पूर्वराजालाई जरिवाना पत्र बुझाउन काठमाडौं महानगरको टोली निर्मल निवासमा

पूर्वराजालाई जरिवाना पत्र बुझाउन काठमाडौं महानगरको टोली निर्मल निवासमा

केन्द्रबिन्दु
480
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीको टोली जरिवाना पत्र बुझाउन पूर्वराजा ज्ञानेन्द्र शाहको निर्मल निवास पुगेको छ ।

शुक्रबार तीनकुने क्षेत्रमा भएको राजावादीहरुको आन्दोलनले निम्ताएको फोहोर र विनासको हिसावकिताव बोकेर नगर प्रहरीको टोली आइतबार बिहान निर्मल निवास पुगेको हो ।

प्रदर्शनका क्रममा रुख, बिरुवा तथा रेलिङ तोडफोड र वातावरण प्रदूषण गरेको भन्दै पूर्वराजा शाहलाई रु सात लाख ९३ हजार जरिवाना तोकेको छ ।

महानगर प्रहरी बलले शाहको समर्थनमा प्रदर्शन भएको तीनकुने क्षेत्रको आज अवलोकन र क्षति मूल्याङ्कन गरी जरिवाना तोकेको नगर प्रहरी नायब उपरीक्षक शिवलाल पौडेलले जानकारी दिए ।

महानगरले प्रदर्शनस्थल आसपाससहित विभिन्न स्थानमा सडक तथा सडकपेटीमा जथाभावी फोहर गरेको कसुरमा रु छ लाख, आगजनी नियन्त्रण गर्न गएको दमकलमाथि ढुङ्गा प्रहार गरी क्षति पुर्याएको कसुरमा रु एक लाख तीस हजार, रुख, बिरुवा तथा रेलिङ एवं तीनकुने आइल्याण्डमा तोडफोड कसुरमा रु ६३ हजार जरिवाना र क्षतिपूर्ति तोकेको हो ।

पूर्वराजा शाहसहितको समर्थनमा शुक्रबार भएको प्रदर्शनमा सहभागीले सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनीसमेत गरेका थिए । त्यस क्रममा प्रहरीसँगको झडपमा परी एक प्रदर्शनकारीको मृत्यु र अर्का एक पत्रकारको दृश्य छायाङ्कनका क्रममा प्रदर्शनकारीले एक व्यापारिक भवनमा लगाएको आगोमा जलेर मृत्यु भएको थियो ।

Skip This
Skip This
Logo