काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षिया बालिका निर्मला पन्तका बाबु यज्ञराजलाई बेहोस बनाएर काठमाडौं ल्याईएको छ । असामान्य व्यवहार देखाएका पन्तलाई उपचारका लागि विमान मार्फत धनगढीबाट काठमाडौँ लैजाने तयारी भएको थियो । "/>

निर्मलाका बाबुलाई बेहोस बनाएर गाडीमार्फत काठमाडौं ल्याईयो

निर्मलाका बाबुलाई बेहोस बनाएर गाडीमार्फत काठमाडौं ल्याईयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षिया बालिका निर्मला पन्तका बाबु यज्ञराजलाई बेहोस बनाएर काठमाडौं ल्याईएको छ । असामान्य व्यवहार देखाएका पन्तलाई उपचारका लागि विमान मार्फत धनगढीबाट काठमाडौँ लैजाने तयारी भएको थियो । तर विमानले उनलाई लैजान नमानेपछि शनिबार राति निजी गाडी मार्फत काठमाडौँ लगिएको हो ।

पन्तलाई सेती अञ्चल अस्पतालमा लगेर बेहोस बनाइ निजी गाडीमा राखेर उपचारका लागि काठमाडौँ ल्याईएको हो । पन्तसँगै डाक्टरहरु पनि काडमाडौँ आएका छन् । साथै प्रहरी र उनकी श्रीमती पनि काठमाडौं आएका छन् । प्रहरी सहायक निरीक्षक दीपक धामीको नेतृत्वमा तीन जनाको प्रहरी टोली र सेती अञ्चल अस्पतालका स्वास्थ्यकर्मी सुनिल विक टोलीमा छन् ।

छोरीको हत्यारालाई कारवाहीको माग राख्दै अनिश्चितकालिन धर्नामा बसेका यज्ञराजले धर्नास्थलमा बर्बराउने, अधिकारकर्मीहरुलाई समेत तथानाम गाली गर्ने, सडकमा जिन्दावाद र मुर्दावाद भन्दै एक्लै नारा लगाउने जस्ता क्रियाकलापहरु देखाउन थालेका थिए ।

उनलाई शनिबार जहाजबाट काठमाडौँ ल्याउन खोज्दा पनि धनगढी विमानस्थलमा असामान्य व्यवहार देखाएपछि उडानका लागि योग्य नरहेको भन्दै रोकिएको थियो ।

 

Skip This
Skip This
Logo