काठमाडौँ

शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सन् २०१८ को दश महिनामा ११ लाख ४८ हजार ४८२ जना स्वदेशी तथा विदेशीले भ्रमण गरेका छन् । "/>

दश महिनामा ११ लाखले गरे लुम्बिनी भ्रमण

दश महिनामा ११ लाखले गरे लुम्बिनी भ्रमण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सन् २०१८ को दश महिनामा ११ लाख ४८ हजार ४८२ जना स्वदेशी तथा विदेशीले भ्रमण गरेका छन् ।

लुम्बिनी विकास कोषका अनुसार लुम्बिनी भ्रमणमा नेपालीको संख्या अत्याधिक रहेको छ । दश महिनाको अवधिमा ८ लाख ९२ हजार ३६१ जनाले लुम्बिनीको भ्रमण गरेका छन् ।

यस्तै १ लाख ३२ हजार १८२ भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । तेस्रो मुलुकका १ लाख २३ हजार ९३९ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । सन् २०१८ को जनवरीमा ९५ हजार ८२३ नेपालीले लुम्बिनी भ्रमण गर्दा १२ हजार ९८८ भारतीय र अन्य देशका ९ हजार ७१४ जनाले भ्रमण गरेका छन् ।

यस्तै सन् २०१८ को अक्टोबरमा ८८ हजार ५८२ नेपालीले भ्रमण गर्दा १६ हजार ९०८ जना भारतीय र अन्य देशका १८ हजार ३८८ जनाले भ्रमण गरेका छन् । कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले हरेक वर्ष लुम्बिनी भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुँदै आएको जानकारी दिए ।

 

Skip This
Skip This
Logo