देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

स्वतन्त्र उम्मेदवारको हत्यादेखि विप्लबको ‘रेड मार्चपास’सम्म

स्वतन्त्र उम्मेदवारको हत्यादेखि विप्लबको ‘रेड मार्चपास’सम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

 

गैह्रीगाउँमा छुरा प्रहार: २ जना घाइते, ३ जना पक्राउ

राजधानीको गैह्रीगाउँमा छुरा प्रहारबाट दुई जना युवा घाइते भएका छन् । घाइते हुने मध्ये एक जनाको नाम अनिल श्रेष्ठ रहेको छ भने अर्काको नाम खुल्न सकेको छैन । उनीहरु दुवै जनाको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

 

‘घुम्तिनेर लेट भयो, परदेशीको पसिना रास्ट्रपतिको गाडीमा चेट भयो’ (फोटोफिचर)

 

केही युवाहरुले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका छन् । जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु संवोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोध स्वरुप एक रुपैया भिख मागेका हुन् । सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेटफ्रुफ गाडी सहितको सवारी साधन किन्ने निर्णय गरेपछि सो निर्णयको चौतर्फी विरोध भईरहेका बेला स्वतस्फुर्त रुपमा युवाहरु भीख माग्ने कार्यक्रमा सहभागी भएका हुन् ।

 

विप्लव कार्यकर्ता ‘रातो लुगा’ लगाएर काठमाडौंका सडकमा (५ तस्बिरमा)

 

नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा जनसभा गर्दैछ । पार्टीको पाँचौं पुर्नगठनको अवसर पारेर नेकपाले जनसभा आयोजना गरेको हो । पूर्व घोषित कार्यक्रमको लागि देशभरबाट सर्वसाधारण तथा नेकपाका नेता-कार्यकर्ता तथा समर्थक-शुभचिन्तक काठमाडौं पुगेका छन् । जनसभा भृकुटीमण्डपमा हुनेछ । यसअघि रत्नपार्कस्थित शान्तिवाटिका जनसभाको गर्ने भनिएको थियो ।

 

मिस वर्ल्ड २०१८: ‘हेड टु हेड’ च्यालेन्ज, श्रृखंलाले गरिन यस्तो अपिल

 

श्रृंखला खतिवडा अहिले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वर्ल्ड २०१८’ को प्रतिस्पर्धामा छिन् । मिस नेपाल २०१८ को ताज पहिरन सफल खतिवडा नेपालको इतिहासमा पहिलो ‘मिस नेपाल’ हुन् जसले ‘मिस वर्ल्ड’ जित्ने बलियो सम्भावना लिएर अघि बढिरहेकी छिन् । यो प्रतियोगितामा १ सय २१ देशका सुन्दरीहरुले प्रतिस्पर्धा गरिररहेका छन् । उनी भोटिङ लिस्टमा पनि सबै भन्दा अग्र पन्थिमा छिन् । उनलाई नेपालमा मात्र नभएर अन्य देशहरुबाट पनि भोट गर्नेहरुको संख्या धेरै छ ।

 

सहकारीको पदाधिकारी बन्न वडाध्यक्षदेखि पत्रकारसमेतको तछाडमछाड

एउटा सहकारी संस्थाको पदाधिकारी बन्न जनप्रतिनिधिदेखि पत्रकारसमेतको तछाडमछाड भएको सुन्दा अनौठो लाग्न सक्छ । अझ एउटै घरबाट ३ जनाको उमेदवारी परेको सुन्दा अपत्यारिला नै लाग्न सक्छ। तर यो साँचो हो ।  मकवानपुरको थाहा नगरपालिका स्थित पालुङ बहुउद्धेश्यीय सहकारी सस्थाको पदाधिकारी बन्न इच्छुकहरुको यतिबेला हेर्नलायक तछाडमछाड छ। मंसिर ८ गते (आज) तोकिएको सञ्चालक समिति निर्वाचनका लागि बिभिन्न पदमा उम्मेद्वारी दिने अन्तिम दिन शुक्रबार थियो।  

 

प्रदेशसभाका स्वतन्त्र उम्मेदवारको गोली हानी हत्या

गत वर्ष सम्पन्न प्रदेशसभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदबार रहेका दिपेन्द्र कुमार चौधरी (राजा बाबु) को गोली प्रहार गरी हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाँउपालिका ४ मोतीभारीस्थित घर नजिकै उनी माथी गोली प्रहार भएको हो ।

 

काठमाडौँको धुलो हटाउन ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’

 

काठमाडौँमा टिप्परको ठक्करबाट माइक्रो चालकको मृत्यु

 

‘सुश्री सम्पती’ मा सारा, सलोन र बिनोदको यस्तो केमेस्ट्री

 

‘केरा लैजाउँ पावर’ मा प्रकाश सपुत र अन्जली अधिकारी (हेर्नुहोस् भिडियो

 

‘समर लभ’ को टिजरमा यस्तो देखियो आशिष र रेवतीको प्रेम (टिजरसहित)

 

टुँडिखेलमा भइरहेको स्वामी शिवकृपानन्दको प्रवचनको केन्द्रविन्दु टेलिभिजनबाट गरिएको प्रत्यक्ष प्रशारण :

 

राष्ट्रपतिको गाडी किन्न युवाहरुले मागे सडकमा भिख (भिडियोसहित)

 

भारतमा सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु

 

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Skip This
Skip This
Logo