काठमाडौं । आज अप्रिल १ । यस दिनलाई ‘अप्रिल फुल’ अर्थात् ‘मूर्ख दिवस’ को रुपमा मनाउने गरिन्छ । मान्छेहरूलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रेल फुल रहन गएको हो । यो दिनमा सबैले एक अर्कालाई मुर्ख बनाएर रमाइलो गर्छन् ।
अप्रिल फुल किन, कहिले र कसरी मनाउन थालियो भन्ने विश्वासिला कारणहरु भेटिँदैनन् । तर, यसको जन्मस्थान फ्रान्स हो भन्ने छ । फ्रान्सको राजा चाल्र्स नवौँले सन् १५८२ देखि अप्रिल महिनाको पहिलो तारिखलाई अप्रिल फूल अर्थात एकले अर्कोलाई मूर्ख बन्ने र बनाउने कार्यको थालनी गरेका थिए । त्यतिबेला ग्रेगोरियन क्यालेण्डर अनुसार नयाँ वर्ष मार्च २५ तारिखका दिनदेखि अप्रिल १ सम्म नयाँ वर्षको रुपमा मनाउने गरिन्थ्यो।
तर, जसले जनवरी १ मा नयाँ वर्ष मनाउन थाले उनीहरूले अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरूलाई मूर्ख बनाउन थाले । त्यसपछि अप्रिल १ का दिन झुक्काउने दिनको रुपमा मानिन्छ ।
आजको समयमा, यो दिवस संसारभर मनाइन्छ । यस दिन मानिसहरूले विस्तृत अप्रिल फुल ‘डे’ जोक्सहरू सिर्जना गर्न धेरै हदसम्म गएका छन्।































प्रतिक्रिया