नयाँ वर्षमा लुयान इलेक्ट्रिक स्कुटर किन्दा १५ हजार नगद छुट पाइने

नयाँ वर्षमा लुयान इलेक्ट्रिक स्कुटर किन्दा १५ हजार नगद छुट पाइने

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । लुयान नेपालले नयाँ वर्ष २०८२ को अवसरमा पारेर ‘नयाँ वर्ष लुयानको हर्ष’ नामक विशेष अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले १५ हजार नगद छुट पाइने व्यवस्था मिलाएको हो ।

उक्त अफरबाट स्कुटर खरिद गर्दा एक वर्षको सवारी कर, बाइक कभर, टी–शर्ट र हेलमेट निःशुल्क प्राप्त गर्नसक्ने पनि बताइएको छ ।

नगदमा खरिद गर्ने ग्राहकमा मात्र लागु हुने यस अफरसँगै कम्पनीले ग्राहकको सुविधाको लागि एक्सचेन्ज र फाइनान्स सुविधा पनि उपलब्ध गराएको छ । जसअनुसार ग्राहकहरूले पुरानो स्कुटर साटेर नयाँ लुयान स्कुटर सहज किस्तामा लिन सक्नेछन् ।

लुयान नेपालले काठमाडौंभित्र १७ स्थानमा सर्भिस सेन्टर तथा चार्जिङ पोइन्ट सञ्चालन गरिरहेको जनाएको छ । जुन नेपालमा भएका इलेक्ट्रिक स्कुटर ब्राण्डमध्ये सबैभन्दा धेरै रहेको कम्पनी दाबी छ । साथै, नेपालभरका १३ प्रमुख शहरहरूमा लुयानको डिलर नेटवर्क रहेको छ ।

कम्पनीका अनुसार, नेपालमा सबैभन्दा सस्तो, भरपर्दो र सर्वसुलभ इलेक्ट्रिक स्कुटर ब्रान्डको रूपमा लुयान चिनिँदै आएको छ । राम्रो तान्ने क्षमता, आयल कुल्ड मोटर र कम मर्मत खर्चका कारण लुयान स्कुटरहरू नेपाली ग्राहकहरूका लागि पहिलो रोजाइ बन्दै गएका छन् ।

लुयानको एमएनके ३ र एस ९० बढी चर्चामा रहेको र छुटपछि यी स्कुटरको मूल्य क्रमशः १ लाख ७७ हजार ६ सय र २ लाख १ सयमात्र रहेको कम्पनीले जानकारी दिएको छ ।

Skip This
Skip This
Logo