एजेन्सी । एउटा सीनका कारण चर्चामा छिन्, श्वेता त्रिपाठी । वेब सिरिज ‘मिर्जापुर’ मा हस्तमैथुनको सीन दिएका श्वेता चर्चामा आएकी हुन् । मास्टरबेसन सीन बलिउडमा सामान्य जस्तै मानिन्छ । बलिउड नायिकाहरु चर्चामा आउनमै लागी यस्ता बेडसिनहरु दिँदै आएका छन् । पछिल्लो समय हस्तमैथुन सीनका कारण त्रिपाठी पनि चर्चामा आएकी हुन् ।
उनी लाइब्रेरीको कुनामा बसेर एउटा कामुक किताब पढिरहेकी हुन्छिन् । पढ्दा पढ्दै उत्तेजित भएर हस्तमैथुन गर्न थाल्छिन् । उनले हस्तमैथुन गरिरहेको उनकी बहिनीले देख्छिन् । उक्त सीन विवादमा आएको छ ।
उनले यस विषयमा प्रतिक्रिया दिँदै भनेकी छन्, ‘मैले जब यसको कथा पढेँ, निकै प्रभावित भएँ,’ उनले अघि भनेकी छन्, ‘हस्तमैथुन सिन दिनेबारे एक मिनेट पनि सोचिनँ, यसका लागि उत्साहित थिएँ । मलाई यो सिन गर्न कफी पिएजस्तै सजिलो भयो ।’
उनले महिलाहरुमा पनि पुरुषको जस्तै कामुकता हुने भन्दै हस्तमैथुन गर्नु गलत काम नभएको प्रतिक्रिया दिएकी छन् ।





























प्रतिक्रिया