संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित चार राजदूतबिरुद्द उजुरी आह्वान गरेको छ । समितिले प्रस्तावित चार राजदूतबिरुद्द संसदीय सुनुवाई गर्नु अघि कुनै उजुरी भए १० दिनभित्र समितिमा पठाउन आग्रह गरेको हो । "/>

प्रस्तावित चार राजदूतबिरुद्ध उजुरी आह्वान

प्रस्तावित चार राजदूतबिरुद्ध उजुरी आह्वान

केन्द्रबिन्दु
0
Shares

संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित चार राजदूतबिरुद्द उजुरी आह्वान गरेको छ । समितिले प्रस्तावित चार राजदूतबिरुद्द संसदीय सुनुवाई गर्नु अघि कुनै उजुरी भए १० दिनभित्र समितिमा पठाउन आग्रह गरेको हो । आउँदो १७ गते सोमबारसम्म समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला प्रशासन कार्यालयबाट समेत उजुरी दर्ता गर्न सकिनेछ । समितिमा उपस्थित नै भएर पनि उजुरी दिन सकिने व्यवस्था गरिएको छ । 

सरकारले गएको कात्तिक २५ गते भारतको राजदूतमा निलाम्बर आचार्य, मलेशियाको राजदूतमा उदयराज पाण्डे, युएईको राजदुतमा कृष्णप्रसाद ढकाल र इजरायलको राजदुतमा रञ्जना शाक्यलाई राजदुत सिफारिस गरेको थियो । आचार्यलाई अफगानिस्तान र भुटानको गैरआवसीय राजदूतका रूपमा समेत काम गर्ने गरी सिफारिस गरिएको हो । 

नेपालको संविधानको धारा २९२ अनुसार नियुक्ति अघि राजदूतको संसदीय सुनुवाइ हुने व्यवस्था छ । सुनुवाइ समितिले सिफारिस अनुमोदन गरे नियुक्तिको प्रक्रिया अगाडि बढ्नेछ । 

Skip This
Skip This
Logo