काठमाडौँ

नयाँ पत्रिकाका सम्पादक कृष्णज्वाला देवकोटा ‘प्रेस काउन्सिल–सानिमा बैंक पत्रकारिता पुरस्कार’ बाट सम्मानित हुने भएका छन्  । "/>

यसवर्षको प्रेस काउन्सिल पुरस्कार पत्रकारद्वय देवकोटा र बराललाई

यसवर्षको प्रेस काउन्सिल पुरस्कार पत्रकारद्वय देवकोटा र बराललाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नयाँ पत्रिकाका सम्पादक कृष्णज्वाला देवकोटा ‘प्रेस काउन्सिल–सानिमा बैंक पत्रकारिता पुरस्कार’ बाट सम्मानित हुने भएका छन्  । बिहीबार बसेको प्रेस काउन्सिल बैठकले देवकोटाका साथै अनलाइन खबर डटकमका सम्पादक अरुण बराललाई पनि पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कारको राशि जनही दुई लाख ५० हजार रुपैयाँ छ ।

छापा र अनलाइन सञ्चारमाध्यम दुवै क्षेत्रबाट प्रतिनिधिमूलक हिसाबले पुरस्कार दिने निर्णय भएको प्रेस काउन्सिलले जनाएको छ । काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइराला र सानिमा बैंकका सिइओ भुवन दाहाल सम्मिलित पुरस्कार छनोट समितिको बैठकले सर्वसम्मत सो निर्णय गरेको हो । आगामी २४ मंसिरमा एक समारोहबीच पुरस्कार प्रदान गरिने काउन्सिलका कार्यबाहक अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo