लिभरपुल उपाधि नजिक

लिभरपुल उपाधि नजिक

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा एभर्टनलाई १-० गोलअन्तरले पराजित गर्दै लिभरपुल शीर्षस्थानमा अझै बलियो बनेको हो।

मर्सीसाइड डर्बीमा डियागो जोटाले खेलको ५६ औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।

३० खेलपछि लिभरपुल ७३ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । उसलाई अब उपाधिका लागि ८ खेलबाट बढीमा १३ अंक मात्र आवश्यक छ। दोस्रो स्थानको आर्सनलको समान खेलबाट ६१ अङ्क रहँदा नोटिङघम फरेस्ट ५७ अङ्क सहित तेस्रो स्थानमा र म्यानचेस्टर सिटी ५१ अङ्क सहित चौंथो स्थानमा रहेको छ।

Skip This
Skip This
Logo