काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं पुनः कार्यालयमा हाजिर हुन पुगेका छन् । बिहीबार उनलाई रोक्न महानगर प्रहरी समेत खटाइए पनि उनी कार्यालयमा हाजिर हुन फर्केका हुन् ।
नगर प्रहरी परिचालन गरेर गेटमै रोक्न खोजेपनि कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका हुन् ।
काठमाडौं महानगरले विभिन्न विवाद देखाउँदै गत पुस ७ गतेदेखि गुरागाईंलाई कार्यालयबाट हटाएको थियो ।
महानगरको पेलान सहन नसकेर नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले समेत राजनीनामा दिएपछि अहिले महानगरपालिका पनि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो । काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले लामोसमयदेखि काम गरेको मासिक तलब नपाएपछि आफूहरुलाई बाँच्न समेत गाह्र्रो भएकाले आपसी समझदारीमा देखिएका समस्या समाधान मेयर बालेनको ध्यानाकर्षण गराइरहेका छन् ।































प्रतिक्रिया