मनाङको लगातार तेस्रो जित, थ्री स्टार पहिलो हार

मनाङको लगातार तेस्रो जित, थ्री स्टार पहिलो हार

केन्द्रबिन्दु
0
Shares

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको दोश्रो मनाङ मर्स्याङ्दीले जित हात पारेको छ। थ्री स्टारलाई २-१ ले पराजित मनाङ मर्स्याङ्दीले लगातार तेश्रो जित दर्ता गरेको हो।  

जितसँगै मनाङ नौ अंकका साथ अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ। खेलको ११ औँ मिनेटमा अन्जन विष्टले गोल गरी मनाङलाई अग्रता दिलाएका थिए। थ्री स्टारका विजय धिमालले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि जित सुनिश्चित बनेको हो । 

अन्त्यमा रन्जित धिमालले थ्री स्टारको तर्फबाट एक गोल गरे । त्यसपछि कुनै गोल गर्न नसकेपछि नतिजा मनाङ मर्स्याङ्दीको पोल्टामा गयो। 
यस प्रतियोगितामा थ्री स्टार पहिलो पटक हारेको छ । 

Skip This
Skip This
Logo