बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना: द लिटिल भिजिटर्स’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । "/>

‘पाहुना’ को ट्रेलर दुई दिनमा साढे ६ लाखले हेरे (ट्रेलरसहित)

‘पाहुना’ को ट्रेलर दुई दिनमा साढे ६ लाखले हेरे (ट्रेलरसहित)

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना: द लिटिल भिजिटर्स’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलर आज यो सामाग्री तयार पार्दासम्म ६ लाख ५४ हजार जना भन्दा धेरैले हेरीसकेका छन्।  

पाखी ए टारेवाला निर्देशित फिल्मलाई प्रियंका चोपडा र उनकी आमा मधु चोपडाले संयुक्त निर्माण गरेका हुन् । अनमोल लिम्बु, मञ्जु केसी, इशिका गुरुङ, शरण राई, विनोद प्रधान, उत्तम प्रधान, विनिता लगुन लगायतका कलाकारहरुले यो फिल्ममा अभिनय गरेका छन् ।

यो फिल्मले जन आन्दोलनको समयमा बालबालिकाहरुले भोगेका पीडा र त्रासलाई प्रस्तुत गरेको छ । ‘पाहुना द लिटिल भिजिटर्स’ ७ डिसेम्बरदेखि प्रर्दशन हुँदैछ ।

 

Skip This
Skip This
Logo