दाङ

‘राज्यसत्ता’ कब्जा गर्ने र मुलुकमा जनवादी सत्ता स्थापना गर्ने अठोट सहित तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र ‘जनयुद्ध’ मा होमिएका रामेछापका योगेन्द्र केसी अहिले फुटपाथमा पसल चलाउँछन् । "/>

जनयुद्ध लड्दा बर्बाद भइयो : पूर्वलडाकुको पछुत्तो

जनयुद्ध लड्दा बर्बाद भइयो : पूर्वलडाकुको पछुत्तो

केन्द्रबिन्दु
0
Shares

दाङ

‘राज्यसत्ता’ कब्जा गर्ने र मुलुकमा जनवादी सत्ता स्थापना गर्ने अठोट सहित तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र ‘जनयुद्ध’ मा होमिएका रामेछापका योगेन्द्र केसी अहिले फुटपाथमा पसल चलाउँछन् । जनवादी सत्ता ल्याउने सपना बोकेर जनयुद्धमा लागेको बताउने उनी अहिले ती दिन सम्झिन चाहँदैनन् । किनकी उनलाई देखाइएको सपना पूरा भएन । राजनीतिक परिवर्तन भए पनि उनले सोचे जस्तो पद्धति विकास हुन सकेन । घोराहीको एक व्यस्त चोकमा ठेलामा प्याकिङ मिठाइ राखेर ग्राहक कुरिरहेका उनले भने, ‘देश बदल्छु भनेर लाग्दा आफैं बर्बाद भएँ, अब आफूलाई यो फुटपाथको दैनिकीबाट बदल्ने मिसनमा छु ।’

माओवादीको जनमुक्ति सेनामा प्लाटुन कमाण्डरसम्म भएर काम गरेका उनी द्वन्द्वकालीन आरोह अवरोह सुनाउन अनकनाए। उनले भने, ‘नमिठो अतीत किन सम्झनु ।’ केसीका अनुसार राज्यसत्ता परिवर्तनका लागि भन्दै उनी २०५८ सालमा माओवादी लडाकुमा प्रवेश गरेका थिए ।

रामेछापका उनी काठमाडौंको धुम्बाराहीस्थित एक गार्मेन्ट उद्योगमा कामदार थिए । उद्योगमा काम गर्ने उनलाई २०५७ मा राज्यका सुरक्षाकर्मीले माओवादीको आरोपमा पक्राउ गरे । ‘गार्मेन्टबाटै पक्राउ गरेर ६ महिना सम्म थुनामा राखे । त्यतिबेला मलाई माओवादीको म पनि थाहा थिएन तर तँ माओवादी होस् भनेर जबरजस्ती पक्राउ गरियो,’ उनले भने । ६ महिनापछि थुनामुक्त हुँदा त्यो गार्मेन्ट उद्योग बन्द भैसकेको थियो ।

त्यसपछि काम खोजीमा उनी काठमाडौंबाट धनुषा गएर एक होटेलमा वेटर भए । वेटर काम गर्दा एकदिन उनको केही युवकसँग विवाद भयो । उनीहरू तालिम सकाएर ब्यारेकमा खटिँदै गरेका तत्कालीन शाही नेपाली सेनाका सैनिक रहेछन् । त्यो विवादपछि उनी धनुषामा तारन्तार सुरक्षाकर्मीको तारो बन्न थाले । ‘मलाई माओवादीको आरोप लगाएर सुरक्षाकर्मीले धेरैपटक केरकार गरे,’ उनले भने, ‘तर मलाई माओवादीबारे केही थाहा थिएन ।

तारन्तार सुरक्षाकर्मीबाट केरकार हुन थालेपछि असुरक्षित महसुस गरेर अन्ततः आफ्नै सुरक्षा खोजीमा जंगल पसें माओवादी सेना बन्न ।’ उनले भने, ‘सुरक्षित तरिकाले बस्नै नपाउने भएपछि ज्यान जोगाउन जंगल पस्नु मेरा लागि बाध्यता भयोे । ०५८ मा लडाकुमा भर्ना भएको बताउने उनले रामेछाप र सोलुखुम्बुको सीमा क्षेत्रमा सैन्य तालिम लिएको स्मरण गरे । ‘मुलुक परिवर्तन गर्नु जरुरी रहेछ भन्ने मलाई त्यहाँ गैसकेपछि थाहा भयो । मुलुक परिवर्तनका लागि बन्दुक उठाएँ,’ उनले भने, ‘प्रशिक्षण पाएपछि आँट आयो । देश बदल्न भनेर विभिन्न मोर्चामा लडियो तर सोचे अनुसार भएन ।’

शान्ति सम्झौतापछि रोल्पास्थित दहवन शिविरमा बसेका उनी पाँच लाख रुपैयाँको चेक बुझेर माओवादीको सक्रिय राजनीतिबाट बाहिरिए । ‘सर्वहारा जनताको न्यायका लागि लडेको माओवादीले लडाकु माथि ठूलो अन्याय ग¥यो,’ उनले भने, ‘पाँच लाखको चेक बोकेर फिर्ता हुनु मेरो रहर नभई बाध्यता थियो ।’ त्यो पाँच लाख बोकेर उनी व्यवसायी बन्ने लक्ष्य साथ दाङ झरे । घोराहीमा आइसक्रिम फ्याक्ट्री खोले । सात लाख रुपैयाँ लगानीमा सुरु गरेको त्यो व्यवसाय चौपटै भएपछि उनी अहिले ठेलामा मौसम अनुसारका सामान राखेर बिक्री गर्न दिनहुँ फुटपाथमा निस्कन्छन् । ‘अहिले यो ठेला ठूलो सहारा बनिदिएको छ, सिजन अनुसारका चाट, आइसक्रिम, मिठाइ बिक्री गरेर गुजारा चलिरहेको छ,’ उनले भने, ‘यसैबाट चार जनाको परिवार जेनतेन धानिएको छ ।’

केसीलाई माओवादीमा लागेर व्यर्थैमा समय खेर फाले जस्तो लाग्छ अहिले । माओवादी राजनीतिले मलाई धोका दियो । अहिले राजनीतिबाट अलग रहेर व्यवसायमा तल्लीन छु । म अहिले मेरो निर्माण व्यवसायबाट धेरै खुसी छु । उनी मात्रै हैन, कैयन माओवादी लडाकु अहिले पश्चात्तापको रापमा छन् ।
नागरिकबाट

Skip This
Skip This
Logo