आइसीटी सम्भावना भन्दा बढि आवश्यकता हो -गगन थापा

आइसीटी सम्भावना भन्दा बढि आवश्यकता हो -गगन थापा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री गगन थापाले नेपालमा आइसीटीको सम्भावना भन्दा बढि आवश्यकता रहेको बताएका छन् ।

शनिवार एनसेल बाह्रखरी गल्फको आठौँ संस्करणको कार्यक्रममा बोल्दै उनले आइसीटीको आवश्यकता महशुस गरेर काम गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपालमा आइसीटीको एकदमै धेरै प्रचुर सम्भावना छ । सम्भावना जति छ त्यो भन्दा बढि आवश्यता छ । यो आवश्यकतालाई महशुस गरेनौं र समयमा जोड्न सकेनौं भने वा दुईचार वर्षपछि गर्छौ भन्यौं भने पछि पर्नेछौं । रेल छुटिसक्छ । अहिले नै गर्नुपर्नेछ । आजै हामीले काम गर्नुपर्नेछ ।’

महामन्त्री थापाले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन युवा भन्दा उत्पादन बाहिर पठाएर विदेशी मुद्रा ल्याउनुपर्ने बताए । उनले भने, ‘हाम्रो इकोनमीमा ठूलो धक्का चाहिएको छ । हाम्रा युवहरु भन्दा पनि हाम्रो उत्पादन बाहिर बेचेर विदेशी मुद्रा ल्याउनु पर्नेछ । ग्रोथ मात्र होइन जब पनि चाइएको छ । यी सबै कुराको लागि फिट हुने सेक्टर भनेको आइसीटी नै हो ।’

उनले आइटी क्षेत्रको सम्भावनालाई महशुस गरेर सरकारले पनि २०२४ देखि २०३४ सम्मको लागि एउटा दशकको रुपमा मनाउने घोषणा गरेको जानकारी दिए ।

Logo