दिल्लीको लगातार तेस्रो जित, चेन्नई स्तब्ध

दिल्लीको लगातार तेस्रो जित, चेन्नई स्तब्ध

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार तेस्रो जित दर्ता गरेको छ । आज भएको पहिलो खेलमा दिल्लीले चेन्नई सुपर किङ्ग्सलाई २५ रनले पराजित गरेको हो ।

दिल्लीले दिएको १८७ रनको लक्ष्ग्य पछ्याउने क्रममा चेन्नई निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५८ रनमै समेटियो । चेन्नईका लागि विजय शंकरले सर्वाधिक ६९ रन प्रहार गरे । एमएस धोनी ३० रनमा अविजित रहे ।

बलिङमा विपराज निगमले २ विकेट लिए भने मिचेल स्टार्क, मुकेश कुमार र कुलदिप यादवले समान एकए विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८६ रन जोडेको थियो । । दिल्लीका लागि ओपनर केएल राहुलले सर्वाधिक ७७ रनको अर्धशतकीय इनिङ्सको योगदान गरे । ५१ बलमा उनले ६ चौका र ३ छक्का प्रहार गरे ।

त्यसैगरी अभिषेक पोरेलले ३३ रन बनाउँदा कप्तान अक्षर पटेलले २१ रन तथा समिरले २० रन जोडे । स्टब्स २४ रनमा अविजित रहे ।

बलिङमा खलिल अहमदले २ विकेट लिँदा रविन्द्र जडेजा, नुर अहमद र मथिसा पाथिरानाले समान एकएक विकेट लिए ।

Skip This
Skip This
Logo