श्रीमतीको हत्या गरि फरार रहेका पाँचथर–फाल्गुनन्द गाउँपालिका- ३ ख्यारुपा सिरान बस्ने ४२ वर्षीय नरबहादुर चेम्जोङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
नरबहादुरले आफ्नी जेठी श्रीमती ३९ वर्षीया ईन्द्रमाला चेम्जोङलाई धारिलो हतियारले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै गरि नागर्जुन नगरपालिका स्यूचाटार बस्ने सर्लाही कविलासी नगरपालिका ९ का २८ वर्षीय राजकिशोर मण्डललाई किर्ते दस्तखत गरी रकम निकालेको अभियोगमा मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
मण्डलले सोही ठाउँ बस्ने प्रकाश शर्माको स्यूचाटार बचत तथाऋण सहकारी संस्थाको चेकबाट सोही संस्था हुँदै कैलाश विकाश बैंङ्क कलंकीशाखाबाट किर्ते दस्तखत गरी नगद ५ लाख निकालेका थिए ।





























प्रतिक्रिया