सरकारले आगो सुरक्षासम्बन्धी ठोस योजना बनाएको छ -मन्त्री शाही

सरकारले आगो सुरक्षासम्बन्धी ठोस योजना बनाएको छ -मन्त्री शाही

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले सरकारले आगो सुरक्षासम्बन्धी ठोस योजना बनाएर अगाडि बढिरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित आगो सुरक्षा र इलेक्ट्रोनिक सुरक्षा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले धेरै ठाउँमा वन डढेलोले जैविक विविधताको नासदेखि वातावरण प्रदूषणमा पनि ठूलो भूमिका खेलेको भन्दै सरकारले यसको न्यूनीकरण र नियन्त्रणको प्रयासहरु गरिरहेको बताएका हुन् ।

उनले भने,‘सरकारले जति पहल प्रयास गर्दा पनि अहिले धेरै ठाउँमा वन डढेलो लागिरहेको छ । जैविक विविधताको नासदेखि दिएर वातावरण प्रदूषणमा पनि ठूलो भूमिका खेलेको छ । त्यसैले सरकारले यसलाई गम्भिरताका साथ लिएको छ । यसको न्यूनीकरण र नियन्त्रणको प्रयासहरु भइरहेको छन् । सरकारले आगो सुरक्षासम्बन्धी ठोस योजना बनाएर अगाडि बढिरहेको छ । आगामी दिनमा पनि थप प्रभावकारी बनाउने सरकाले तयारी गरिरहेको छ ।’

त्यस्तै उनले आगलागीले देशका प्राकृतिक श्रोतहरु वनजंगलहरुको क्षति,वन्यजन्तुको नास ,व्यक्तिगत, सार्वजनिक र सरकारी सम्पूर्ण संरचनाहरुमा ठूलो असर र प्रभाव पारिरहेको बताए । समयक्रम अनुसार आधुनिक उपकरणहरु र प्रविधिको माध्यमबाट यो समस्याको न्यूनीकरण गर्नको लागि अझै प्रयास गर्नुपर्ने देखिएको उनको भनाई छ ।

Skip This
Skip This
Logo