राष्ट्रसंघका महासचिव गुटेरेस भन्छन्- ‘व्यापार युद्धमा कसैले पनि जित्दैनन्’

राष्ट्रसंघका महासचिव गुटेरेस भन्छन्- ‘व्यापार युद्धमा कसैले पनि जित्दैनन्’

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ‘व्यापार युद्धमा कसैले पनि नजित्ने’ दाबी गरेका छन् ।

व्यापक विरोधका बीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ‘पारस्परिक कर’ सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि उत्पन्न परिस्थितिका सवालमा गुटेरेसको यस्तो प्रतिक्रिया आएको हाे । आदेशमा १० प्रतिशत ‘न्यूनतम आधारभूत कर’ र केही व्यापारिक साझेदारहरूमा उच्च दरहरू लगाइने जनाइएको छ ।

ह्वाइट हाउसको पछिल्लो ट्यारिफ नीतिमा गुटेरेसको टिप्पणीको बारेमा संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले भने, ‘व्यापार युद्धमा कसैले पनि जित्दैनन् ।’

उनले पहिले पनि भनेका थिए, ‘अहिले हाम्रो चिन्ता सबैभन्दा कमजोर देशहरूसँग छ जो वर्तमान परिस्थितिसँग जुध्न सबैभन्दा कम सुसज्जित छन् ।’

उनले विश्वव्यापी व्यापार युद्धले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूलाई ‘नकारात्मक’ रूपमा असर गर्ने उल्लेख गरे ।

संयुक्त राष्ट्रसंघको व्यापार तथा विकास सम्मेलनले शुक्रबार एक विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाले लगाएको करले कमजोर देशहरूलाई हानि पुर्याउने चेतावनी दिएको छ ।(सीसीटीभीप्लस)

Logo