काठमाडौँ

सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति ल्याए पनि भ्रष्टाचार र अनियमितता भने झन् मौलाएर गएको छ । "/>

साउन यता ६ दर्जन सरकारी कर्मचारी घुस सहित रंगेहात पक्राउ

साउन यता ६ दर्जन सरकारी कर्मचारी घुस सहित रंगेहात पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति ल्याए पनि भ्रष्टाचार र अनियमितता भने झन् मौलाएर गएको छ । घुस लिँदै गरेको अवस्थामा पक्राउ पर्ने सरकारी कर्मचारीको संख्या वृद्धि भएको छ भने नीतिगत भ्रष्टाचार पनि उस्तै मौलाएर गएको छ ।

यस आर्थिक वर्षको शुरु १ साउन यता मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदै गरेको अवस्थामा झन्डै ६ दर्जन सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरू सरकारी तल्लो तहका कर्मचारीदेखि उपसचिव तथा नेपाल प्रहरीका डीएसपी सम्मका रहेका छन् ।

अख्तियारले मंगलबार मात्रै जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका प्रमुख उपन्यायाधिवक्ता कोषहरी निरौलालाई ८० हजार रुपैयाँ घुस बापतको रकम लिएको अवस्थामा रंगेहात पक्राउ गरेको छ । अख्तियारका प्रवक्ता दंगालले आयोगको कार्यालय टंगालबाट खटिई गएको टोलीले घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै उनलाई नियन्त्रणमा लिएको बताए ।

यता अख्तियारको टोलीले आइतबार पनि जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजरालाई एक लाख रुपैयाँ घुस बापतको रकम लिएको अवस्थामा पक्राउ गरेको थियो । प्रवक्ता दंगालका अनुसार उनले नेपालबाट उत्पादित पान मसाला जन्य पदार्थहरू विभिन्न ठाउँमा पठाउन सहज गराइदिने बहानामा सेवाग्राहीसँग घुस रकम लिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक आफू भ्रष्टाचार पनि नगर्ने र भ्रष्टाचार पनि गर्न नदिने बताउँदै आए पनि पछिल्ला दिनमा झन्डै दिनहुँजसो एक जना कर्मचारी अख्तियारको फन्दामा पर्न थालेका हुन् ।

अख्तियारको तथ्यांक अनुसार साउनमा १८ जना कर्मचारी रंगेहात पक्राउ परेका छन् । भदौमा १६ जना पक्राउ परेकोमा असोजमा भने नेपाल प्रहरीका एक जना डीएसपी र एक जना उपसचिवसहित २० जना घुस सहित पक्राउ परेका छन् । कात्तिकमा पनि १० जना पक्राउ परेका थिए । मंसिरको सुरुमै २ जना घुससहित पक्राउ परिसकेका छन् ।
राजधानीबाट

Skip This
Skip This
Logo