लोकतन्त्रको अनुभव भएको छैन, सिंहदरबार छिर्न त सेटिङ मिलाउनुपर्छ -हर्क साम्पाङ

लोकतन्त्रको अनुभव भएको छैन, सिंहदरबार छिर्न त सेटिङ मिलाउनुपर्छ -हर्क साम्पाङ

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोकतन्त्रको अनुभव नभएको बताएका छन् ।

आइतबार साँझ काठमाडौं आएका मेयर साम्पाङले सञ्चारकर्मीहरुसँग कुरा गर्दै लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्ने भन्दै त्यसको अनुभव नभएको बताएका हुन् । ‘लोकतन्त्रको अनुभव भएको छैन । सोमबार सिंहदरबार जानुपर्ने छ, त्यहाँ जान पनि सेटिङ गरेर जानुपर्नेखालको स्थिती छ । अब, मलाई त त्यो हुन्छ भने सर्वसाधरण जनताले मन्त्रिलाई भेट्न सक्छ ?,’ उनले भने ।

उनले थप भने, ‘लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्छ । पार्टी होइन । जुनसुकै पार्टीबाट चुनिएर आए पनि हामी जनताको प्रतिनिधित्व गर्ने ठाउँमा पुगिसके पछि त्यहाँ पार्टीगत लविङ, पार्टीगत सेटिङ भन्दा माथी उठेर काम गर्नुपर्छ । त्यो नभएर राजतन्त्रको माग भइरहेको छ ।’

Skip This
Skip This
Logo