काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले अब पाकिस्तान सुपर लिग (पीएसएल) पनि खेल्ने भएका छन् । "/>

सन्दीप लामिछाले अब पाकिस्तान सुपर लिग खेल्ने, पारिश्रमिक ५७ लाख

सन्दीप लामिछाले अब पाकिस्तान सुपर लिग खेल्ने, पारिश्रमिक ५७ लाख

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले अब पाकिस्तान सुपर लिग (पीएसएल) पनि खेल्ने भएका छन् । पीएसएलको लागि लाहोर कलन्दर्सले न्यूनतम ५० हजार डलरमा खरिद गरेको छ।

विदेशी खेलाडीको गोल्ड क्याटागोरीमा रहेका सन्दीपको पारिश्रमिक कम्तीमा ५० हजार देखि ७० हजार अमेरिकी डलर हुनेछ। मंगलबार भएको पाकिस्तान सुपर लिगले ड्राफ्ट सूचीमा रहेका नेपालका सन्दीपलाई क्वालान्दर्सले खरिद गरेको हो।

युवा लेग स्पिनर सन्दीप विदेशी खेलाडीको कोटा अन्तर्गत गोल्ड समूहको ड्राफ्टमा परेका थिए। लाहोर कलन्दर्स क्लबमा धनाढ्य कतार लुब्रिक्रान्ट्स कम्पनी लिमिटेडको स्वामित्व रहेको छ। यस टोलीको कप्तानी चर्चित क्रिकेटर एबी डिभिलियर्सले सम्हाली रहेका छन्।

ईपीएल, क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग लगायत थुप्रै अन्तर्राष्ट्रिय लिग खेलिसकेका र बीग ब्यासमा पनि अनुबन्ध भइसकेका छन्। प्रत्येक टिममा कुल १६ जना खेलाडीहरु हुनेछन्। चौथो संकरणको पाकिस्तान सुपर लिग सन् २०१९ को १७ फेब्रुअरी देखी १७ मार्च सम्म युएई र पाकिस्तानका शहरमा हुनेछ।

 

Skip This
Skip This
Logo