जडिबुटी उद्योगमा आगो लगाउने मुख्य अभियुक्त पक्राउ

जडिबुटी उद्योगमा आगो लगाउने मुख्य अभियुक्त पक्राउ

केन्द्रबिन्दु
471
Shares

काठमाडौं । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवनमा आगो झोस्ने मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गएको चैत १५ मा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनका क्रममा जडिबुटी कम्पनीमा आगो लगाउनेमा सिन्धुपाल्चोकको बाह्रबीसे -९ का २७ वर्षीय कुमार तामाङ रहेको पाइएको हो । सामाजिक सञ्जालमा आएको भिडियो क्लिप्सका आधारमा उनी समातिएका हुन् । उनी जडिबुटी चोककै ट्राफिक लाइट फुटाउन पनि निकै जोडतोडसँग सक्रिय थिए ।

प्रदर्शनकारीले आगजनी गर्दा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड खण्डहर बनेको छ । त्यहाँ रहेका उपकरण र अन्य सामग्री जलेर खरानी भएका छन् । ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’(जिएमपी) सुविधासहितका दुई वटा भवनमा क्षति पुग्नाका साथै औषधि उत्पादनमा प्रयोग हुने कच्चापदार्थ, उपकरण, फर्निचर, कागजातल, प्याकेजिङलगायत सामग्री जलेर खरानी भएका छन् । प्रारम्भिक विश्लेषणअनुसार आगजनीबाट रु २८ करोड बराबरको क्षति हुन पुगेको छ ।

कुमार पेशाले सवारी चाकल हुन् । 

राजावादीहरुको प्रदर्शन तीनकुनेमा भएको भएपनि भीड तितरवितर हुँदा विभिन्न ठाउँमा अराजक हर्कत पनि भएको थियो । प्रदर्शन हिंसात्मक बन्दा त्यहाँ दुई जनाको ज्यान पनि गएको थियाे ।

Skip This
Skip This
Logo