सीजीले ल्यायो नयाँ वर्ष अफर, ६१ हजार ८ सय रुपैयाँसम्म क्यासब्याक पाउन सकिने

सीजीले ल्यायो नयाँ वर्ष अफर, ६१ हजार ८ सय रुपैयाँसम्म क्यासब्याक पाउन सकिने

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । सीजी ले आफ्नो लेभल अप! क्याम्पेन अन्तर्गत नयाँ वर्ष ग्राहक योजना ‘लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक गरेको छ।

कम्पनीको अनुसार यो विशेष योजना २०७८ चैत २२ गतेदेखि लागू गरिएको छ । यस योजनाअनुसार ग्राहकले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरुको खरिदमा क्यासब्याकदेखि अन्य पक्का उपहारहरु पाउनेछन्।

यसमा ग्राहकले ६१ हजार ८ सय रुपैयाँसम्म क्यासब्याक पाउन सक्ने कम्पनीकाे भनाइ छ । साथै पक्का उपहारअन्तर्गत सीजी मेरिडिया गुगल टिभी (६५–१०० इन्च) खरिदमा २.१ स्पिकर, सेमिअटोमेटिक र टपलोड वासिङ मेसिन खरिदमा २ किलो एरियल पाउडर, फ्रन्टलोड वासिङ मेसिनको खरिदमा ६ किलोको एरियल पाउडर पाउनेछन्।

यसबाहेक साइड बाई साइड र मल्टिडोर रेफ्रिजेरेटरको खरिदमा मिक्सर ग्राइन्डर, डिशवासर खरिदमा डिशवासर किट र एयर कन्डिसन खरिदमा निःशुल्क इन्स्टलेसन सेवा पाउनेछन् ।

कम्पनीको अनुसार यो योजना अभियान सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरू मार्फत सफलतापूर्वक कार्यान्वयन गरिएको छ। नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा, सीजी ले आधुनिक प्रविधि र नवीनता भित्र्याउने अभियानमा निरन्तर अग्रसर छ।

Skip This
Skip This
Logo