बजाजको नयाँ वर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक, १ लाख जित्ने अवसर

बजाजको नयाँ वर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक, १ लाख जित्ने अवसर

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै ‘खुसीको मिटर’ अफर सार्वजनिक गरेको छ ।

यो अफरअन्तर्गत गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको कम्पनीले बताएको छ । खुसीको मिटर’ अफरसँग जोडिएर ग्राहकहरूले डिजिटल अनुभवमार्फत १ लाख रुपैयाँसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरू पाउँने कम्पनीले बताएको छ । बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको छ । जसअन्तर्गत जो कोही सहभागी भई घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरू जित्न सकिने कम्पनीको भनाइ छ ।

उक्त उपहार प्राप्त गर्ने विजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ । क्याम्पेनको अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूका लागि अर्को चरणको गेम पनि शोरूममा खेल्न पाउने छन् । यो इन–स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको ‘खुसीको मिटर’ रोकेर १ लाखसम्मको नगद पुरस्कार जित्न सक्नेछन् ।

‘खुसीको मिटर’ प्रचारको लागि अफर मात्र नभई यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल किन्ने यात्रालाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने रहेको गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले बताए। ‘नयाँ वर्षको सुरुवातमा ग्राहकलाई नयाँ सवारी मात्र नभई किन्ने अघि र पछि पनि जित्ने अवसर दिन हामी उत्साहित छौं,’ उनले भने ।

यो क्याम्पेन हाल नेपालभरका सबै आधिकारिक बजाज शोरूमहरूमा र बजाजका डिजिटल प्लेटफर्महरूमा उपलब्ध भइसकेको छ ।

Skip This
Skip This
Logo